News Desk
काठमाडौं । काठमाडौं जेसिजको ५६औँ पदस्थापना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा निर्वाचित अध्यक्ष विकास श्रेष्ठ मिलनले पद तथा गोपनीयताको औपचारिक शपथग्रहण गरेका छन।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री वर्षमान पुन रहेका थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले नव–निर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरूलाई सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा श्यामकुमार घिमिरे, महासचिवमा करुणा थापा, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कानुनी सल्लाहकारमा नारायण आचार्य ‘ह्याप्पी’ चयन भएका छन।
यसैगरी, कार्यकारी उपाध्यक्षहरूमा आदित्य राई, सिद्धान्त गौली र नवराज भण्डारी रहेका छन।
सह–महासचिवको जिम्मेवारी रितिज कार्कीले सम्हाल्नेछन भने सह–कोषाध्यक्षमा राज रौनियार चयन भएका छन।
त्यस्तै, उपाध्यक्षहरूमा गरिमा लिम्बु, निर्मल खड्का, विशाल परियार, प्रिन्स सुवेदी, अमर गुरुङ र एलन अधिकारी रहेका छन।
कार्यक्रमले काठमाडौं जेसिजको आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै संस्थागत सुदृढीकरण र सामाजिक सेवामा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ।