News Desk
नेपाल आएका बलिउड अभिनेता सञ्जय दत्तले पूर्वप्रधानमन्त्री एवम नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन।
काठमाडौं आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न बिहीबार उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए।
प्रचण्ड र सञ्जयबीच आधा घन्टा कुराकानी भएको स्रोतले जनाएको छ।
बलिउड अभिनेता सञ्जय दत्तले आज बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन।
दत्त आजई नै भारत स्वदेश फर्किने छन।