तराई क्षेत्रका अधिकांश स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरोको प्रभाव रहने
News Desk
Jan-10 तारिख 06:52 बिहान

देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ भने दक्षिण पश्चिम बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको समेत केही असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने अन्य तराईका केही स्थानहरूमा पनि हुस्सु देखिएको छ।

आज दिउँसो तराई क्षेत्रका अधिकांश स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरोको प्रभाव रहने अनुमान गरिएको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य पहाडी र हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने देशका पहाडी तथा हिमाली भू–-भागमा मौसम मुख्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धेरै पढिएको