News Desk
काठमाडौं । भारतको हिमाचल प्रदेश अन्तर्गत सोलन जिल्लामा ग्यास सिलिण्डर विस्फोटबाट भएको आगलागीमा ९ जना नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुने सबै नेपाली सल्यान जिल्लाको जोल्ला क्षेत्रका बासिन्दा रहेको जानकारी प्राप्त भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ग्यास सिलिण्डर विस्फोट भएपछि आगो फैलिँदा उक्त दुर्घटना भएको हो, जसका कारण एउटै परिवारका सदस्यसहित नौ जनाको ज्यान गएको बताइएको छ।
घटनामा सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ का ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया पत्नी कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक, राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया पत्नी टीका विक, १२ वर्षीया छोरी अनु विक तथा ७ वर्षीय छोरा किरण विकको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनापछि स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले घटनास्थलमा उद्धार तथा अनुसन्धान प्रक्रिया अघि बढाएका छन्।