विशेष अधिवेशनबाट नेपाली कांग्रेसका नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित
News Desk
Jan-15 तारिख 06:23 बिहान

काठमाडौं । नेपाली कांग्रेसको विशेष अधिवेशनबाट गएराति पार्टीका नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन्। अधिवेशनले सभापतिदेखि विभिन्न समावेशी समूह र प्रदेशअनुसारका केन्द्रीय सदस्य चयन गर्दै नयाँ नेतृत्व संरचना टुंगो लगाएको हो।

अधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित हुनुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन हुनुभएको छ। केन्द्रीय सह–महामन्त्रीतर्फ महिला समूहबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली स्नेही, आदिवासी जनजातिबाट बहादुर सिंह लामा, खसआर्यबाट उदय शम्शेर राणा, मधेशीबाट मुक्ता कुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारुबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा निर्वाचित हुनुभएको छ।

केन्द्रीय सदस्य खुला पदतर्फ ३५ जना निर्वाचित भएका छन्। यसमा गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाईं, डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह रहनुभएको छ।

महिला खुला केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिलकुमारी राई निर्वाचित हुनुभएको छ। प्रदेशगत रूपमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट महिला तथा खुला कोटामा केन्द्रीय सदस्य चयन भएका छन्।

यसैगरी दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्रका प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय सदस्य निर्वाचित गरिएको छ। विशेष अधिवेशनले समावेशी संरचनासहित पार्टीको नयाँ केन्द्रीय नेतृत्वलाई पूर्णता दिएको नेताहरूले बताएका छन्।