स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै उकालो लाग्यो
News Desk
Jan-19 तारिख 11:52 बिहान

आज स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत पुस ३० गते कायम भएको उचाईलाई तोड्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ६५५ रुपैयाँको उचाईलाई तोड्दै नयाँ उचाई बनाएको हो । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।