News Desk
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहमाथि प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँटमा चलखेल गरेको आरोप लागेको छ।
यस आरोपपछि आज साँझ जनकपुरमा उनीहरू बसिरहेका होटल अगाडि पार्टीका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।
उम्मेदवार छनोट अझै टुंगो नलागेका निर्वाचन क्षेत्रमा टिकटको निर्णय उनीहरूले सोही होटलमा बसेर गरिरहेको जनाइएको छ।
यसैबीच, वरिष्ठ नेता बालेन शाहको उम्मेदवारी क्षेत्र पनि आजै जनकपुरबाट सार्वजनिक गरिएको थियो।