पर्सा जिल्ला अदालतद्वारा रवि लामिछानेसँग एक करोड धरौटी माग
News Desk
Jan-20 तारिख 11:32 बेलुका

पर्सा जिल्ला अदालतले सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला न्यायाधीश रुद्रप्रसाद सुवेदीको मंगलबार बसेको इजलासले उक्त आदेश दिएको हो।

अदालतका स्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार लामिछाने हाल धरौटी बुझाउने प्रक्रियामा छन्। धरौटी बुझाइसकेपछि उनी चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाने रास्वपाले जनाएको छ।

लामिछाने यसअघि उक्त मुद्दामा पहिलोपटक अदालत उपस्थित भएका थिए। आजै प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि अदालतले धरौटी माग गर्ने आदेश जारी गरेको हो।