News Desk
झापा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्व्पाका बरिष्ठ नेता बालेन्द्र साह बालेनले उम्मेदवारी दर्ता गराएका छन्
निर्वाचन कार्यालयका अनुसार दुवै नेताले आज उम्मेदवारी दर्ता गराएका हुन।
उम्मेदवारी दर्तापछि झापा–५ मा राजनीतिक चहलपहल बढेको छ। ठूला राष्ट्रिय व्यक्तित्वहरू एकै क्षेत्रमा आमनेसामने भएपछि यो क्षेत्र देशकै चासोको केन्द्र बनेको छ।
निर्वाचन अधिकृतका अनुसार आज उम्मेदवारी दर्तासँगै अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको पनि नाम दर्ता भएको छ। आगामी दिनमा चुनावी अभियान थप तीव्र हुने अपेक्षा गरिएको छ।