आगामी निर्वाचनबाट आंशिक परिवर्तन मात्र हुन्छ: नेता त्रिपाठी
News Desk
Jan-22 तारिख 12:52 बिहान

-सहबान अन्सारी

नवलपरासी क्षेत्र नं.१ जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार तथा पुर्व मन्त्रि हृदयेश त्रिपाठीले आउने निर्वाचनबाट  गुणात्मक परिवर्तन नभई  संक्रमणकालको आंशिक परिवर्तन मात्र  हुने बताएका छन।

बुधवार बर्दघाट प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै यस्तो कुरा बताएका हुन।

नेता त्रिपाठीले निर्वाचनमा पात्रहरु बदिल्न सक्छन र दलहरु तलमाथी मात्र हुन सक्ने बताएका छन  भष्टाचार बिरुद्ध आफु सधै लडदै आएको हुदाँ राजनितिक जिवनमा कुनै किसीको भष्टाचारको कलंक लाग्न दिएन र आफ्नो क्षेत्रको जनताहरुको शिर निहुरन दिएन

पछिल्लो निर्वाचित सासंदबाट जनताले सोचे अनुरुप विकाश नभएको र  यस क्षेत्रमा कुनै पनि नयाँ योजनाहरु आउन नसकेको त्रिपाठीले बताए।

यस क्षेत्रको जनता संग राजनितिक सम्बन्ध मात्र नभई ब्यक्तिगत तथा ब्यवहारिक सम्बन्ध रहेको हुदाँ जनताको निर्णयलाई सम्मान गर्ने बताए।

पछिल्लो निर्वाचनमा जनता प्रगतीशिल पार्टी नेपालबाट उम्मेदवारी दिएका त्रिपाठीले नेपाली काग्रेंसका उम्मेदवार बिनोद चौधरीबाट करिब ७ हजार १९१ मतको अन्तरले पराजित भएका थिए ।