दुई जनाको उम्मेदवारी रद्द
News Desk
Jan-23 तारिख 12:27 बेलुका

काठमाडौँ  l आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीको छानबिनपछि दुई जनाको उम्मेदवारी रद्द गरिएको छ।

निर्वाचन आयोगले जनाएअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० की उम्मेदवार सुमित्रा बस्नेत तथा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का रेशम चौधरी उम्मेदवारीबाट बाहिरिएका छन्।

कर्जा सूचना केन्द्रको कालो सूचीमा सुमित्रा बस्नेतको नाम रहेको भन्ने जानकारी प्राप्त भएपछि त्यसको सत्यता जाँच गरिएको र पुष्टि भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ क्षेत्र नं. १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।