News Desk
हिमपात र वर्षा भए पनि मुख्य राजमार्गहरूमा हालसम्म कुनै अवरोध नदेखिएको प्रहरी निरीक्षक सिंहले बताएका छन्। यस्तै, दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुरा सदरमुकामसँगै हगुल्टे, साहुखर्क र भातकाँडा क्षेत्रमा पनि हिमपात भएको प्रहरीले जनाएको छ।
यस वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि स्थानीय किसानहरू उत्साहित भएका छन्। विगत चार महिनादेखि पानी नपर्दा गहुँलगायत हिउँदे बाली सुक्न थालेका थिए। अहिले परेको हिमपात र वर्षाले बालीमा सुधार आउने अपेक्षासहित किसान खुसी देखिएका छन्।
यद्यपि, हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।