चुनावी अभियानका क्रममा बालेन शाह धनगढी, समर्थकको उल्लेख्य उपस्थिति
News Desk
Jan-28 तारिख 06:23 बिहान

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मंगलबार चुनावी प्रचारप्रसारका सिलसिलामा धनगढी आइपुग्नुभएको छ। उहाँको आगमनसँगै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्थापना गरिएको प्रचारप्रसार कार्यालयमा ठूलो संख्यामा नेता–कार्यकर्ता र समर्थकको उपस्थिति देखिएको थियो।

बालेन धनगढी आउने खबर पाएपछि कार्यकर्ताहरू बिहानैदेखि प्रचार कार्यालयमा भेला भएका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच उहाँ प्रचार कार्यालय पुग्नुभएको हो।

उहाँ आउने सूचना फैलिएपछि धनगढीको ट्राफिक चोक आसपास पनि समर्थकहरूको बाक्लो जमघट भएको थियो। यद्यपि, बालेन शाहले कुनै पनि स्थानमा गाडी नरोकी हुलाकी सडक प्रयोग गर्दै कञ्चनपुरतर्फ यात्रा गर्नुभएको बताइएको छ।

कञ्चनपुर पुगेपछि उहाँ सिधै पहाडी जिल्लातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको जनाइएको छ।