राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गर्ने
News Desk
Jan-30 तारिख 08:30 बिहान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको औपचारिक भ्रमणमा जानुहुने भएको छ। बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।

प्रवक्ता अर्यालका अनुसार नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म तीन दिने भ्रमणमा जापान जान लाग्नु भएको हो।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि रासन रकम वृद्धि गर्ने निर्णय पनि गरेको छ। आगामी फागुन १ गतेदेखि लागू हुने गरी रासन स्केल र दैनिक भत्ता बढाउने निर्णय गरिएको सरकारका प्रवक्ता अर्यालले बताउनुभयो।