घोडामा चढेर गगन थापाको स्वागत र​ प्र​चार​
News Desk
Jan-30 तारिख 08:46 बिहान

सर्लाहीको धनकौल कांग्रेस नाराले गुञ्जायमान भइरहँदा एउटा दृश्य सबैको ध्यानमा पर्‍यो l घोडामा सवार ६० वर्षीय किसान श्रीप्रसाद राय यादव। धोती-कुर्ता, सेतो पगडी र घोडामा झुन्ड्याइएको फ्लेक्समा लेखिएको थियो, ‘अब की बार गगन सरकार!’

गगन थापाको स्वागत गर्न आएका श्रीप्रसादले घोडामै बसेर माला लगाइदिए। मिथिलाको परम्परा अनुसार विशेष सम्मानका साथ स्वागत गरेको बताउँदै उनले गगनमा देश बदल्ने क्षमता देखेको विश्वास व्यक्त गरे।

सामान्य किसान श्रीप्रसाद कांग्रेसका निस्वार्थ कार्यकर्ता मानिन्छन्। आफैं उम्मेदवार नबनी अरूलाई जिताएका उनी किसानका समस्या समाधान हुने आशामा गाउँ–गाउँ घोडामै पुगेर मत मागिरहेका छन्। उनको एउटै चाहना छ - जीवनमा एकपटक गगन थापालाई प्रधानमन्त्री बनेको देख्नु।