मन्त्रिपरिषद् निर्णयः नेपाल प्रहरीको रासन भत्ता वृद्धि
News Desk
Jan-30 तारिख 08:50 बिहान

काठमाडौँ । बिहीवार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि उपलब्ध रासन रकम बढाउने निर्णय गरेको छ। बैठकले प्रहरीको रासन स्केल र रासनबापतको दैनिक भत्ता वृद्धि गर्ने निर्णय स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार उक्त निर्णय २०८२ फागुन १ गतेदेखि लागू हुनेछ। रासन स्केल तथा दैनिक रकम समायोजनसँगै प्रहरी सेवामा कार्यरत कर्मचारीलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको