News Desk
काठमाडौँ । तराईका केही भूभागमा हाल हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ।
दिउँसो तराईका धेरै स्थानमा हुस्सु–कुहिरो यथावत् रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति तराईका थोरै स्थानमा हुस्सु देखिन सक्नेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया खुला रहने अनुमान गरिएको छ।
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसमविद्हरूले बताएका छन्।