News Desk
नेपाली कांग्रेसले आम नागरिकले सहज रूपमा अपनत्व महसुस गर्न सक्ने खालको चुनावी घोषणापत्र ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसले सबै वर्ग र समुदायको भावना समेट्ने गरी घोषणापत्र तयार गरिरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार घोषणापत्र निर्माणका क्रममा विज्ञहरूको सुझाव लिइएको छ भने नागरिकका प्रत्यक्ष आवाजसमेत संकलन गरिएको छ। कांग्रेसको घोषणापत्र छोटो, सारगर्भित र आकर्षक हुने तथा सबैले बुझ्नसक्ने भाषामा प्रस्तुत गरिने उहाँले बताउनुभयो।
घोषणापत्र केही दिनभित्रै सार्वजनिक गरिने तयारी भइरहेको पनि उहाँको भनाइ थियो।
त्यसैगरी, प्रवक्ता चालिसेले पार्टीले केन्द्रीय परिचालन समिति र केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा खटाउने निर्णय कार्यान्वयन भइसकेको जानकारी दिनुभयो।