संवाद र समाधान’ शीर्षकको संवाद–आधारित छलफल कार्यक्रम आजबाट सुरु हुने
News Desk
Feb-01 तारिख 12:01 बेलुका

काठमाडौँ । ‘संवाद र समाधान’ शीर्षकको संवाद–आधारित छलफल कार्यक्रम आजबाट सुरु हुने भएको छ। ‘युवा र भविष्यः अवसर कि अन्योल ?’ भन्ने मूल विषयमा केन्द्रित उक्त बहस कार्यक्रममा युवाको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा समाधानका उपायबारे गहन छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ शिक्षाविद डा. गोविन्द भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन। विशिष्ट अतिथिका रूपमा अनुसन्धान विज्ञ डा. प्रमोद केसी, सेलिब्रिटी अतिथि अभिनेता बुद्धि तामाङ, आईटी विज्ञ डा. समीर खरेल तथा राजनीतिक विश्लेषक शेषराज भट्टराई विशेष अतिथिका रूपमा उपस्थित रहनेछन।

त्यसैगरी, छलफल सत्रमा डा. निरञ्जन रिजाल (शिक्षा विज्ञ), टंका भट्टराई (उद्यमी), प्रशान्त काफ्ले (शिक्षा विज्ञ) र राजु भट्टराई (सोसल मिडिया विज्ञ) ले विषयगत धारणा राख्नेछन।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सरोज ओझा ले गर्नेछन। आयोजकका अनुसार कार्यक्रम संवाद, प्रश्न-उत्तर तथा समाधानमुखी सुझावहरूमा केन्द्रित रहनेछ।

उक्त कार्यक्रम फुसुन पब्लिकेशन, क्रिएटिभ ग्रुप र राज्य मिडिया नेटवर्कले संयुक्त रूपमा आयोजना गर्न लागेको हो।

यस कार्यक्रममार्फत युवासम्बन्धी जिज्ञासा, अवसर र अन्योलमाथि सार्थक संवाद गर्दै नीतिगत तथा व्यवहारिक समाधानतर्फ बहस अघि बढाउने लक्ष्य लिएको फुसुन पब्लिकेशनले जनाएको छ।