News Desk
चितवन–नवलपुर । साँगे सभ्यता संरक्षण तथा विकास अभियान, चितवन–नवलपुरको आयोजनामा वनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त वनभोज कार्यक्रम जलदेवी सामुदायिक वन, आँपटारीमा माघ १७ गते आयोजनामा आएको हो ।
कार्यक्रममा माधवप्रसाद भारद्वाजसहित ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने केन्द्रीय समितिका सदस्य ठाकुरप्रसाद पण्डित विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा भुवनेश्वरी पण्डित, सल्लाहकारहरू बासुदेव वाग्ले, रमा वाग्ले, इन्दिरा पौडेल ढकाललगायत अतिथिहरूको सक्रिय सहभागिता रहेको थियो। पिकनिक समितिको संयोजकमा रबिकला भण्डारी तथा सह–संयोजकमा केशव राज काफ्ले रहनुभएको थियो भने समितिका सदस्यहरूमा राधिका भण्डारी र कलाबती वाग्ले रहनुभएको थियो।
त्यस अवसरमा कार्यक्रम माझ विचार आदान प्रदान गर्ने उदेश्य सहित सभा आयोज्ना गरिएको थियो । कार्यक्रम शुरु उपाध्यक्ष लक्ष्मी न्यौपानेको स्वागत मन्तव्यबाट भएको थियो। शुभकामना मन्तव्य भुवनेश्वरी पण्डित तथा आर्थिक समितिका तर्फबाट राधिका भण्डारीले व्यक्त गर्नुभयो। त्यसैगरी सल्लाहकार समितिका तर्फबाट रमा आचार्य र बासुदेव वाग्ले, केन्द्रीय समितिको प्रतिनिधित्व गर्दै ठाकुरप्रसाद पण्डित तथा प्रमुख अतिथिका रुपमा माधवप्रसाद भारद्वाजले ‘साँगेको चिनारी र पहिचान’ विषयमा आफ्ना धारणा राख्नुभयो।
सभापति रबिकला भण्डारीले संस्थाको लक्ष्य, उद्देश्य र भावी कार्ययोजनाबारे प्रकाश पार्दै कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रममा कुर्सी घुमाइलगायत विभिन्न मनोरञ्जनात्मक खेलकुद गतिविधिहरू सञ्चालन गरिएको थियो। करिब ७५–८० जनाको सहभागितामा सौहार्दपूर्ण तथा रमाइलो वातावरणमा वनभोज कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
जीवन वाग्लेको उद्घोषणमा सम्पन्न उक्त पिकनिक तथा वनभोज कार्यक्रम रबिकला भण्डारीको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको हो।