राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
News Desk
Feb-03 तारिख 07:14 बेलुका

जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेललाई आज यहाँ गार्ड अफ अनर प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो ।  

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आउनुभएको थियो । उहाँले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शीष्टाचार भेट गर्नुभएको थियो ।