News Desk
झापा । पछिल्ला दुई दिनदेखि झापामा कार्यकर्ता तथा मतदातासँग भेटघाटमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज मोरङ र सुनसरीका विभिन्न स्थानमा पुगेका छन्। दुवै जिल्लामा उनलाई कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका छन्।
हुलाकी राजमार्ग हुँदै झापाबाट विराटनगर प्रवेश गरेका बालेन कोसी राजमार्ग प्रयोग गर्दै विराटनगर र सुनसरीको दुहबीस्थित रास्वपा कार्यालय पुगेका थिए। त्यहाँ कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको थियो।
दुहबीपछि उनी इटहरी र झुम्का हुँदै सुनसरी सदरमुकाम इनरुवा पुगेका छन्। त्यसपछि उदयपुरतर्फ प्रस्थान गरेको जनाइएको छ।