News Desk
काठमाडौं | पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डाक्टर बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ। ९७ वर्षको उमेरमा उहाँको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
भोजप्रसाद भट्टराईको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा देहावसान भएको हो। उहाँ केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत रहनुभएको थियो।
स्वर्गीय भट्टराईको अन्त्येष्टि बिहीबार नै काठमाडौंको पशुपति आर्यघाटमा वैदिक विधिपूर्वक सम्पन्न गरिएको छ।