News Desk
काठमाडौं | सेफ्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पदमबहादुर आले मगरले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गरेका छन्।
अध्यक्षका प्रत्यासी आले मगर समूहबाट प्रथम उपाध्यक्षमा प्रेम बहादुर थापा मगर , उपाध्यक्षमा सुनिल तामाङले उम्मेदवारी घोषणा गरे। साथै महासचिवमा राजकुमार लामा , कोषाध्यक्षमा लक्ष्मण तामाङ सचिवमा रामकृष्ण थापाले उम्मेदवारी दिएका छन्।
समूहका तर्फबाट कार्यसमिति सदस्यमा पदमबहादुर मगर, इन्द्र बहादुर अर्याल , श्री राज केसी ,अकबर स्याङतान, कमल (राम) प्रसाद श्रेष्ठ , राम बहादुर थापा , बिक्रम गिरी, ओम शंकर महर्जन , सरोज कुमार लामा तामाङ र जित मोक्तानले उम्मेदवारी दर्ता गरेका छन् ।
सेफ्स एसोसिएसन अफ नेपालको ३१औँ वार्षिकोत्सव तथा साधारणसभा मार्फत माघ २४ गते नयाँ कार्यसमिति चयन हुँदैछ ।