News Desk
आज विश्वभर विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। युनेस्को को पहलमा सन् २०१२ देखि मनाउन थालिएको यो दिवस सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा सुरु गरिएको हो।
रेडियो अझै पनि विश्वकै सबैभन्दा व्यापक रूपमा सुनिने सञ्चार माध्यम मानिन्छ। कम लागतमा सञ्चालन गर्न सकिने भएकाले दुर्गम तथा जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउन रेडियो प्रभावकारी माध्यम बनेको छ। लोकतान्त्रिक संवाद, आपतकालीन सूचना प्रवाह र सामाजिक एकतामा यसको भूमिका महत्वपूर्ण छ।
यस वर्ष एआईको जिम्मेवार प्रयोग, विश्वसनीय सूचना प्रवाह र अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरणमा विशेष जोड दिइएको छ। अवसरका रूपमा विभिन्न देशमा विशेष कार्यक्रम, विचारमञ्च र जनचेतनामूलक गतिविधि सञ्चालन भइरहेका छन्।