News Desk
काठमाडौँ | सुशीला कार्कीले बङ्गलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा बङ्गलादेश सरकार तथा त्यहाँका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जालमार्फत Bangladesh Nationalist Partyलाई ऐतिहासिक जिततर्फ नेतृत्व गर्ने तारिक रहमानलाई विशेष बधाई दिएकी हुन्।
उनले आफ्नो सन्देशमा लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणका लागि सम्पन्न निर्वाचनले बङ्गलादेशको राजनीतिक स्थायित्व र विकास यात्रामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिन्। साथै, दुई देशबीचको छिमेकी सम्बन्धलाई अझ मजबुत बनाउँदै पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्न आफू तत्पर रहेको उल्लेख गरिन्।
“हाम्रा छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न तपाईंसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राख्दछु,” प्रधानमन्त्री कार्कीले आफ्नो सन्देशमा उल्लेख गरेकी छन्।