कुमारी युवा क्लव नयाँ बजार, काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
News Desk
Feb-14 तारिख 08:03 बेलुका

फाल्गुन २ ,काठमाडौं । कुमारी युवा क्लव नयाँ बजार, काठमाडौंको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लवका तत्कालीन अध्यक्ष स्व. नासिर खानको १८ औ पुण्य तिथीमा आयोजना गरिएको ।सो शिविरमा करिव ५१ जनाले रक्तदान गरेका थिए भने ८१ जनाको निशुल्क स्वास्थ्य परीक्षण गएिको थियो ।
सो स्वास्थ्य शिविरमा किडनी, पथरी ,मधुमेह, पिसाव तथा प्रोस्टेटको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो स्वास्थ्य परीक्षण बरिष्ठ युरोलोजिस्ट डा. दिपक रौनियारको नेतृत्वमा सम्पन्न भएको थियो ।

सो स्वास्थ्य शिविरलाई हिमालयन कम्युनिटी प्रोजेक्टले सहयोग गरेको थियो ।


कार्यक्रममा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नियमित स्वास्थ्य परिक्षण र रक्तदान जस्तो मानवीय अभियानलाई पनि निरन्तरता दिन आयोजक संस्थालाई आग्रह गर्नुभयो ।उनले टोलमा हुने यस्ता सामाजिक सेवाका गतिविधिले सबैलाई लाभ हुने बताउनुभयो ।