News Desk
तिनाउँ गाउँपालिका–३ दोभान सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। लु २ ख १८८३ नम्बरको टिपरले लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको ज्यान गएको हो।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका दुवै जनालाई उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय पाल्पा ले दिएको छ।
प्रहरी नायव उपरीक्षक होमबहादुर चौधरीका अनुसार मृतकहरूको औपचारिक सनाखत हुन बाँकी रहेको छ। यद्यपि मृतकमध्ये एक जनासँग गुल्मी पुर्तिघाट निवासी मिलन सार्कीको कागजात फेला परेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।