News Desk
काठमाडौँ | सार्वजनिक बिदाका दिन पनि राहदानी विभाग ले सेवा प्रवाह निरन्तर राख्ने जनाएको छ। विभागले सूचना जारी गर्दै आज र भोलि बिदा भए पनि राहदानीसम्बन्धी सेवा उपलब्ध गराइने स्पष्ट पारेको हो।
सरकारले आज ज्ञाल्पो ल्होसार तथा भोलि प्रजातन्त्र दिवस को अवसरमा सार्वजनिक बिदा दिएको छ। तर अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले विभागले दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय सञ्चालन गर्ने जनाएको छ।
विभागका अनुसार आज राहदानी वितरण सेवा उपलब्ध हुनेछ भने भोलि राहदानीका लागि आवेदन फाराम सङ्कलन गरिनेछ। सेवाग्राहीको सुविधा र अत्यावश्यक कार्यलाई ध्यानमा राख्दै सार्वजनिक बिदामा पनि कार्यालय खुला राखिएको विभागले जनाएको छ।