आज नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिले उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोज​ना ग​र्दै
News Desk
Feb-18 तारिख 07:25 बिहान

नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिले आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आज फागुन ६ गते उम्मेदवारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना ग​र्दैछ​। कार्यक्रम  बिहान ११ बजे बालाजु चोकस्थित बालाजी बैंक्वेटमा हुने जनाइएको छ।

समितिका अनुसार कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई, तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारी तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार एवं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल सहभागी हुनेछन। कार्यक्रममा उम्मेदवारहरूले आफ्ना योजना, प्रतिबद्धता तथा निर्वाचन सम्बन्धी धारणा प्रस्तुत गर्ने र सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यसूची रहेको स​मितिका स​भाप​ति उत्त​म​ मिश्र​ले जान​कारी दिनुभ​यो । 

“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा पार्टी समर्थक, शुभेच्छुक तथा सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

सम्पर्क समितिले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन तथा मतदातासँग प्रत्यक्ष संवाद विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।