नवलपरासीमा उम्मेद्वारमाथि दुर्व्यहार गर्ने व्यक्ति पक्राउ
News Desk
Feb-18 तारिख 04:16 बेलुका

-सहबान अन्सारी  

नवलपरासीमा उम्मेद्वारमाथि अभद्र व्यवहार गर्ने १ जना मानिस पक्राउ परेका छन l मंगलवार बर्दघाट नगरपालिका वडा नं. १२ जमुनिया स्थितमा प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार राजु हरिजन समेतलाई अपरिचित ३/४ जना व्यक्तिहरुले प्रचार प्रसारको समयमा  हातपात गरेका थिए ।
ईलाका प्रहरी कार्यालय बदर्घाटबाट खटिएको प्रहरीटोलीले हातपात तथा दुर्व्यहार गर्ने ब्यक्ति बर्दघाट न.पा. वडा नं. १३ धनेवा बस्ने ३१ बर्षिय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको हो।

उम्मेद्वारमाथि  अभद्र व्यवहारमा संलग्न व्यक्तिहरुको खोजीकार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।