News Desk
बुधबार नेपाली कांग्रेसले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले विगतका अराजक गतिविधि पुनः हुन नदिने स्पष्ट प्रतिबद्धता जनाए। उनले २३ भदौको जस्तै सुशासनको नारा लगाउँदैमा कुनै पनि नागरिकले राज्यको गोलीबाट ज्यान गुमाउन नपर्ने प्रतिज्ञा पनि व्यक्त गरे।
सभापति थापाले ‘जेनजी’ पुस्तामा देखिएको विद्रोही भावनालाई आफ्नो पार्टीले आत्मसात गरेको उल्लेख गर्दै त्यस ऊर्जालाई सकारात्मक परिवर्तनतर्फ मोड्ने बताए।
उनले विशेषगरी मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका जटिलता समाधान गर्ने प्रतिबद्धता जनाए। विगतमा मधेसकै सन्तानले नेतृत्व तहमा पुगेर योगदान दिएको स्मरण गर्दै उनले पछिल्लो समय शिक्षाको गुणस्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
मधेसको शिक्षा र स्वास्थ्य क्षेत्र सुधार्न स्पष्ट योजना आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बहुमतका साथ विजयी गराउन आम नागरिकसँग अपिल गरे।