News Desk
गोरखा | गोरखा जिल्लामा एक पोथी चितुवा मृत अवस्थामा फेला परेको छ। गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्क क्षेत्रमा आज चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय गोरखा ले जनाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यका अनुसार स्थानीय बासिन्दाले सोमबार राति चितुवाहरूबीच झगडा भएको जस्तो आवाज सुनेको बताएका छन। सोही आधारमा भाले चितुवासँगको संघर्षका क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा फेला परेको उक्त चितुवाको उमेर करिब एक वर्षजति रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।