News Desk
काठमाडौँ | मन्त्रिपरिषद्को आज बसेको बैठकले न्यायपरिषद्को सिफारिसअनुसार डा। दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार हाल काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी दीएको हो।
डा। भट्टले त्रिभुवन विश्वविद्यालय बाट कानुन विषयमा स्नातकोत्तर (एलएलएम) उत्कृष्ट श्रेणीमा उत्तीर्ण गरेका छन। साथै उनले ऊनिवेर्सित्य ओफ होङ कोङ बाट अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विषयमा पनि स्नातकोत्तर उपाधि हासिल गरेका छन।
कानुन तथा न्याय क्षेत्रका करिब दुई दशकभन्दा बढी अनुभव भएका उनले त्रिभुवन विश्वविद्यालयबाट नै विद्यावारिधि (पिएचडी) डिग्री प्राप्त गरेका छन। उनका न्याय र कानुनसम्बन्धी दर्जनौँ अनुसन्धानमूलक लेख तथा प्रकाशन रहेका छन भने लेखन, अनुसन्धान र प्रशिक्षण क्षेत्रमा विशेष दक्षता रहेको बताइएको छ।
डा। भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै अनुसन्धान र प्रशिक्षणसम्बन्धी कार्यसमेत गर्दै आएका छन। कानुनी क्षेत्रमा उनी एक स्थापित लेखक तथा आफ्नो विषयमा गहिरो अध्ययन र अनुभव भएका विशेषज्ञका रूपमा परिचित छन।