निर्वाचनमा कसैको बहुमत नआउने दाहालको ठोकुवा
News Desk
Feb-27 तारिख 06:40 बिहान

काठमाडौै । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचण प्रणालीका कारण फागुन २१ गतेहुने निर्वाचनमा कसैको बहुमत नआउने दावी गर्नुभएको छ।

काठमाडौको कोटेश्वरस्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनमा संयोजक दाहालले कुनै पनि दलको बहुमत आउने संम्भावना नरहेको बताउनुभयो । पार्टीभित्र समस्या नरहेकाले निर्वाचनमा राम्रो पोजिसन हुने भन्दै दाहालले कांग्रेस, रास्वपा र एमालेवीच नै प्रतिष्पर्धा हुने दावी गर्नुभयो ।

दाहालले निर्वाचनपछि पार्टीले राम्रो नतिजा ल्याउने र त्यसले संविधान संशोधन गर्न पनि सहज हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले निर्वाचनमा अतिवाद प्रवृतिले जिते देशले दु:ख पाउने समेत बताउनुभयो ।