News Desk
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै स्पष्टाग्रता कायम राखेका छन।
सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले उक्त मत प्राप्त गरेका हुन।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा एमालेका उम्मेदवार एवं अध्यक्ष केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरका हुन।