झापा–५ मा बालेन शाहको ऐतिहासिक जित, ओली भारी मतान्तरले पराजित
News Desk
Mar-08 तारिख 06:19 बिहान

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्वाधिक चासोको केन्द्र बनेको झापा–५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ऐतिहासिक जित हासिल गरेका छन्।

निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका छन्।

यससँगै बालेन शाहले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन्, जुन यस निर्वाचन क्षेत्रका लागि उल्लेखनीय मतान्तर मानिएको छ।

उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका रमीर तामाङले ९ हजार २ सय ३३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८ सय २१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५ सय ३६ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रन्जित तामाङले १ हजार ४ सय ६१ मत हासिल गरेका छन्।