News Desk
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १० लाखभन्दा बढी मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म २० लाख १५ हजार ६ सय ४१ मत गणना हुँदा रास्वपाले १० लाख ३५ हजार ६ सय ८९ मत प्राप्त गरेको छ, जसले अन्य दलहरूभन्दा स्पष्ट अग्रता देखाएको छ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ लाख ४४ हजार ७ सय ६८ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २ लाख ७३ हजार ९ सय ३१ मत हासिल गरेको छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले १ लाख २० हजार ३ सय ३१ मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिकतर्फ पाँचौँ स्थानमा रहँदै ७४ हजार १ सय २१ मत प्राप्त गरेको छ।
त्यसैगरी श्रम संस्कृति पार्टीले ४३ हजार ३ सय ९७ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ७ सय ३१ मत हासिल गरेको छ। जनता समाजवादी पार्टी नेपालले १३ हजार ७ सय २५ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीले ९ हजार ७ सय ७६ मत पाएको छ।
यस्तै, एकल चिन्ह चकिया (जाँतो) ले ९ हजार ७ सय ५४ मत प्राप्त गरेको छ भने जनमत पार्टीले ८ हजार ६ सय ४५ मत प्राप्त गरेको तथ्यांक निर्वाचन आयोगले सार्वजनिक गरेको छ।