नवलपरासी १मा रास्वपाका उमेद्वार बिक्रम खनाल विजयी
News Desk
Mar-08 तारिख 07:45 बिहान

-सहबान अन्सारी 

नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बिक्रम खनाल विजयी भएका छन ।
निर्वाचन क्षेत्र नं.१ मा  प्रतीस्पर्धी नेपाली काग्रेंसका उम्मेदवार  विनोद चौधरीलाई ३५ हजार ७ सय ३९ मतको फराकिलो अन्तरले विजयी भएका हुन ।
प्रतिनिधी सभा निर्वाचनमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वदी नेपाली काग्रेंसका उम्मेद्वार विनोद कुमार चौधरीले ९ हजार ५ सय २ मत प्राप्त गरेका हुन।
यसैगरि नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले ७ हजार ९ सय ५६ मत प्राप्त गरेका हुन।
जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार पुर्व मन्त्रि हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत प्राप्त गरेका गरेका छन राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार नवनित कुमार मिश्रले १ हजार ५ सय ९३  मत पाउँदा नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार सिन्धु जलेेसा बुढाथोकीले १ हजार ५६ मत  प्राप्त गरेका छिन।
निर्वाचन क्षेत्र नं.१ मा दलका १५  र स्वतन्त्र समुहका ११ जना गरी कुल २६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका थिए