प्रत्यक्षतर्फ १६१ स्थानको परिणाम सार्वजनिक
News Desk
Mar-09 तारिख 07:13 बिहान

फागुन २५ गते बिहानसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ १६१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले बिहान ६ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक १२४ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै स्पष्ट अग्रता कायम गरेको छ। जारी मतगणनामा रास्वपा थप एक निर्वाचन क्षेत्रमा पनि अगाडि रहेको जनाएको छ।

नेपाली कांग्रेसले हालसम्म १७ निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेकपा (एमाले) ले ८ निर्वाचन क्षेत्रमा जित निकाल्दा अर्को एक क्षेत्रमा अगाडि रहेको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा सफलता हासिल गरेको छ। श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले पनि एक–एक स्थानमा विजय प्राप्त गरेका छन्।