मोदीको सन्देशमा बालेनको प्रतिक्रिया : नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउने विश्वास
News Desk
Mar-11 तारिख 06:01 बिहान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेको शुभकामनाको जवाफ दिएका छन। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले शुभेच्छाका लागि आभार प्रकट गरेका हुन।

बालेनले नेपाल र भारतबीच रहेको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ बलियो, घनिष्ठ र परिणाममुखी बनाउन दुवै पक्षले मिलेर सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन।

मोदीको स्टाटसमा टिप्पणी गर्दै उनले लेखेका छन्, “शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू। नेपाल–भारतबीच रहेको ऐतिहासिक, घनिष्ठ र बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दछु।”

यसका साथै बालेनले खेलकुद क्षेत्रमा भारतले हासिल गरेको सफलताका लागि पनि बधाई दिएका छन। लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा उनले भारत सरकार र भारतीय जनतालाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गरेका छन।