सामाजिक सद्भाव र समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद कार्यक्रम आयोजना हुने
News Desk
Mar-15 तारिख 08:34 बेलुका

 काठमाडौं | काठमाडौँ मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग (CPDS) को सह-आयोजनामा तथा युडब्लुएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयको सहकार्यमा विश्व सामाजिक कार्य दिवस (World Social Work Day) को अवसरमा “सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद” शीर्षकमा विशेष कार्यक्रम २०८२ चैत ३ गते (मार्च १७, २०२६) बिहान ९:०० बजेदेखि बेलुका ६:०० सञ्चालन हुने आयोजकले जनाएको छ। विश्व सामाजिक कार्य दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “Co-Building Hope and Harmony: A Harambee Call to Unite a Divided Society” लाई केन्द्रमा राखी आयोजना हुन लागेको उक्त कार्यक्रममा नीति निर्माणकर्ता, सामाजिक क्षेत्रका विज्ञ, नागरिक समाजका प्रतिनिधि, युवा अभियन्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी सामाजिक कार्य विभागका विभागीय प्रमुख अमितराज श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रम अन्तर्गत विभिन्न विषयमा नीति संवाद, अनुभव आदान-प्रदान तथा अन्तरक्रिया गरिनेछ। सामाजिक सद्भाव, समावेशी विकास, सामाजिक न्याय र नीति 'सुधारका विषयमा सहभागीहरूबीच छलफल हुने आयोजकले जनाएको छ।उक्त कार्यक्रममा वक्ताको रुपमा पर्वतारोही तथा फोटो पत्रकार  पुर्णिमा श्रेष्ठ, नव निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक कुमार शाह. घाइते जेंजी नेपालका अध्यक्ष प्रतिष श्रेष्ठ, लैंगिक समानता तथा सामाजिक समावेशिता विज्ञ डा. मिना पौडेल, राष्ट्रिय कार्य समन्वय समुहका अध्यक्ष  ऋतु भट्ट राई लगायताका विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहने जानकारी कलेज प्रमुख  सुरेन्द्र सुवेदीले गराउनुभयो । कार्यक्रम प्रमुख एलिस राज राजोपाध्यायले यस्तो संवादले सामाजिक सद्भाव र समावेशितालाई प्रवर्द्धन गर्ने नीतिगत पहललाई बल पु-याउने अपेक्षा गरिएको बताउनु भयो । उक्त कार्यक्रममा सामाजिक सद्भाव, समावेशिता तथा सामाजिक विभाजनका चुनौतीहरूबारे छलफल गर्दै समावेशी समाज निर्माणका लागि आवश्यक नीतिगत पहलका विषयमा संवाद गरिने र कार्यक्रमबाट प्राप्त विचार, सुझाव तथा निष्कर्षलाई संकलन गरी 'Policy Brief' तयार पारिने र सम्बन्धित नीति निर्माण प्रक्रियामा पु-याउने उद्देश्य राखिएको जानकारी आन्तरिक गुणस्तर प्रत्यायाँ प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले बताउनुभयो ।