News Desk
काठमाडौँ | सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज उक्त रिटमाथि सुनुवाइ गर्दै आयोगको निर्णय कार्यान्वयन रोक्ने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
किशोरी साहले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरी उम्मेदवारी कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ ।