News Desk
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा पार्टी पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको छ।
सभापति थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेको बताइएको छ।
भेटका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन विभिन्न भूमिकामा रहेर कांग्रेसले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजय भए पनि निराश नहुन कांग्रेस नेतृत्वलाई सुझाव दिनुभएको थियो।