News Desk
काठमाडौँ | नेपाल सरकारले राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मी निवासी अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। उक्त सिफारिस राष्ट्रियसभामा रहेको एक विज्ञ सदस्यको खाली स्थानका लागि गरिएको बताइएको छ।
संविधानअनुसार ५९ सदस्यीय राष्ट्रियसभा स्थायी प्रकृतिको सदन हो, जसमा तीन सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था रहेको छ।
संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ। राष्ट्रियसभाको एक तिहाइ सदस्यका लागि गत माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो।