हावाहुरी पीडितलाई पौवादुङमा गाउँपालिकाद्वारा राहत घोषणा
News Desk
Mar-19 तारिख 06:27 बिहान

भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। चैत २ गते साँझ आएको हावाहुरीपछि गरिएको स्थलगत अनुगमनका आधारमा गाउँपालिकाले प्रत्येक प्रभावित परिवारलाई रु २० हजारका दरले सहयोग दिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार प्राकृतिक विपत्तिबाट समस्यामा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउनु स्थानीय सरकारको जिम्मेवारी भएकाले यस्तो निर्णय गरिएको हो। क्षतिको विवरण संकलनसँगै राहत वितरण प्रक्रिया पनि अगाडि बढाइएको उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको छ। ती सबै प्रभावित परिवारलाई राहत उपलब्ध गराइने जानकारी दिइएको छ।

विशेषगरी कच्ची तथा टिनले छाएका घरहरू हावाहुरीबाट बढी प्रभावित भएका छन्, जसका कारण स्थानीयवासीले ठूलो क्षति बेहोर्नुपरेको छ।