“मेरो हरेक कदम राष्ट्र र नागरिकको हितका लागि हुनेछ” - भरत गिरी (राप्रपा सांसद)
News Desk
Mar-20 तारिख 06:56 बेलुका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भरत गिरीले आफ्नो राजनीतिक यात्रा राष्ट्र र नागरिकको हितमा समर्पित रहने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

सांसद गिरी पार्टीभित्र निष्ठावान, सरल र जिम्मेवार नेतृत्वका रूपमा परिचित छन्। उनले देश, राष्ट्रियता र नेपाली जनताको समृद्धिलाई सधैं पहिलो प्राथमिकतामा राख्दै आएका छन्। जनताको आवाजलाई सशक्त रूपमा संसदमा उठाउने र राष्ट्रिय हितका विषयमा स्पष्ट अडान लिने उनको विशेषता रहेको बताइन्छ ।
“मेरो हरेक कदम राष्ट्र र नागरिकको हितका लागि हुनेछ,” भन्दै उनले देश र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता दोहोर्‍याए। उनका अनुसार विचारभन्दा माथि देश रहने विश्वासका साथ सशक्त सेवा, पारदर्शी शासन र भ्रष्टाचारविरुद्ध कठोर अडान नै आफ्नो मूल संकल्प हो।
उनले परिवर्तन, स्वाभिमान र सुशासनका लागि राप्रपाको पहललाई अझ सशक्त बनाउने उल्लेख गर्दै आगामी दिनमा जनतामुखी कार्यहरूलाई प्राथमिकता दिने बताए।
सांसद गिरीले देशभरिका सम्पूर्ण मतदाताहरू, राष्ट्रप्रेमी शुभेच्छुकहरू, पार्टीका नेतागण, अग्रज–अनुज तथा दिनरात खटिने समर्पित कार्यकर्ताप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। उनले सबैको साथ, विश्वास र समर्थनकै कारण आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा जनताको सेवा गर्ने प्रतिबद्धता जनाए।