पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
News Desk
Mar-23 तारिख 06:01 बिहान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा अनियमितता भएको ठहर गर्दै २१ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आज दायर गरेको आरोपपत्रमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशकहरू संजीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित सम्बन्धित अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।

यससँगै निर्माण कार्यमा संलग्न ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. तथा परामर्शदाता संस्था ERMC/A-not/Slate JV लाई समेत सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउने गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अख्तियारका अनुसार परामर्शदाता छनोट प्रक्रियामा नियमविपरीत निर्णयहरू गरिँदा राज्यको सम्पत्तिमा क्षति पुगेको देखिएकोले सम्बन्धित व्यक्तिहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको हो।

धेरै पढिएको