News Desk
काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन्। कार्यक्रममा परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो।
प्रधानमन्त्री शाहसँगै नयाँ मन्त्रिपरिषद् पनि गठन गरिएको छ। जसअनुसार स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृह मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री बनेका छन्। त्यस्तै, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान, प्रविधि तथा युवा एवं खेलकुद मन्त्री नियुक्त भएका छन्।
यसैगरी, निशा मेहता स्वास्थ्य मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम मन्त्री, सोविता गौतम कानुन मन्त्री र सीता वादी महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।