पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
News Desk
Mar-28 तारिख 07:16 बिहान

राज्य दैनिक संवाददाता
काठमाडौं, चैत्र १४, २०८२ | जेन-जी आन्दोलन दमनसँग सम्बन्धित गम्भीर आरोपको अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री के पी श​र​म​ ओलि लाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई बाहिर निकाल्दै नियन्त्रणमा लीएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि नै पूर्व गृहमन्त्री र​मेश​ लेख​कलाई पक्राउ परिसकेपछि प्रहरी टोली ओलीलाई नियन्त्रणमा लिन गुण्डु पुगेको थियो। उक्त कारबाही ग​रुरी ब​हादुर​ कार्की आयोग​को प्रतिवेदन कार्यान्वयनका क्रममा गरिएको बताइएको छ।

गृह मन्त्रालय स्वयं जाहेरीकर्ता बनेर पत्र पठाएपछि प्रहरीले ज्यानसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया सुरु गरेको हो। पक्राउका लागि आवश्यक लिखित आदेश मागिएपछि प्रहरी प्रधान कार्यालयमा उच्चस्तरीय छलफल भएको थियो। सो क्रममा गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगाना पनि सहभागी भएका थिए।

यसैबीच, सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। शुक्रबार रातिसम्म गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरेका थिए।

कार्की आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान अघि बढाइएको हो।

दफा १८१ अनुसार लापरबाहीपूर्ण कामका कारण ज्यान गुमेमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यस्तै, दफा १८२ अनुसार हेलचक्र्याइँका कारण ज्यान गएको ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

यस घटनाले देशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ भने आगामी दिनमा यस सम्बन्धी अनुसन्धान र कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा व्यापक चासो बढेको छ।

धेरै पढिएको